Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बीमा क्षेत्रको डिजिटलाइजेशनमा जोड

बीमा क्षेत्रको डिजिटलाइजेशनमा जोड

काठमाडौं, २ असोज । बीमा क्षेत्रको डिजिटलाइजेशनमा विशेषध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिसँगको सहकार्यमा आइबिएन मिडिया एन्ड रिसर्चले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन डिजिटलाइजेशन गर्दै जानुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँइले विगत केही वर्ष अघिको तुलनामा अहिले बीमा क्षेत्रमा निकै सुधार भएको भन्दै त्यसलाई निरन्तरता दिदै जाने बाचा गरे । अन्तर्राष्ट्रियस्तरमा तुलना गर्दा नेपालमा बीमाको पहुँच विस्तारबाट निराश हुनुपर्ने अवस्था नरहेको उनले बताए । बीमा क्षेत्रलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिदै अध्यक्ष चापागाँइले बीमाको प्याकेजलाई विविधीकरण गर्न पनि कम्पनीहरुलाई निर्देशन दिए ।

त्यस्तै कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष नूर प्रकाश प्रधानले बीमा क्षेत्रमा नयाँ–नयाँ जोखिमहरु बढिरहेको भन्दै सोही अनुसार प्याकेजिङको व्यवस्था हुन नसेकेको बताए । बीमाको पहुँच विस्तारका लागि जनचेतना मात्र भन्दा पनि सकारात्मक सोचको विकास गराउनुपर्नेमा उनले जोड दिए । त्यस्तै प्रस्तावित जीवन बीमा संघका संयोजक शिवनाथ पाण्डेले पछिल्लो केही वर्ष बीमाको पहुँच विस्तारमा उल्लेख्य प्रगती भएको बताए । पहुँच विस्तारमा बैंकास्योरेन्सले महत्वपूर्ण योग्दान दिएकाले त्यसलाई खुला गर्नुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकस्योरेन्सलाई रोक लगाएको छ ।

बैंक तथा बीमाबारे जानकार डा.बिनोद आत्रेयाले बीमाको महत्वबारे बुझाउन नसक्दा पहुँच बढ्न नसकेको बताए । उनले बीमा क्षेत्रमा नयाँ चुनौतीहरु थपिदै गएकाले त्यसलाई निरुत्साहन गर्न डिजिटलाइजेशनलाई प्राथमिकतामा राख्नुपर्नेमा सुझाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x