Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेप्सेमा १८.१२ अंकको गिरावट

नेप्सेमा १८.१२ अंकको गिरावट

काठमाडौं, २ असोज । लगातार दुई दिन बढेको सेयर बजार आज भने ओरालो लागेको छ । साताको तेस्रो र चौथो कारोबार दिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार (आज) १८.१२ अंकले गिरावट आई ११५५.३० बिन्दुमा रोकिएको छ ।

आज १ सय ६६ कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर ३९ करोड ९९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । त्यसमा सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्ट लिमिटेडको भएको छ । शिवम्को ५ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी कमाउनेमा समता माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् ।

त्यस्तै नेप्सेमा सूचिकृत १२ समूहमध्ये दुई समूहको उपसूचकमा सुधार भएको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक सुधार आउनेमा ट्रेडिङ्ग समूह २.३७ प्रतिशत र म्युचियल फण्ड समूह ०.०२ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x