राष्ट्रसेवक कर्मचारीहरुले स्वदेशी कपडा प्रयोग गर्नैपर्ने नियम बनाउँदैछौंः अर्थमन्त्री खतिवडा

काठमाडौं, २ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न निजामति कर्मचारी, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीलाई स्वदेशी कपडा लगाउनुपर्ने बाध्यकारी नियम निर्माण भईरहेको जानकारी दिएका छन् । बिहीबार ‘यार्न एण्ड टेक्सटाइल एक्सपो– २०१९’ को उद्घाटन समारोहमा मन्त्री खतिवडाले स्वदेशी उत्पादनको प्रयोग गर्नका लागि सार्वजनिक खरिद ऐनमै बाध्यकारी व्यवस्थान गर्न लागिएको जानकारी दिएका हुन ।

मन्त्री खतिवडाले सरकारले स्वदेशी बनौं भन्ने नीति नै लिएको बताए । उनले अहिले मुलुकबाट सबैभन्दा बढी निर्यात धागो भएको भन्दै धागोमा आत्मनिर्भर भएको बताए । सरकारले बजेटमा खाद्यान्न, उर्जा र औषधीमा आत्मनिर्भर हुने घोषणा गरेको जानकारी दिदै उनले उद्योगीहरुलाई प्रतिष्पर्धी ढंगले अगाडि बढ्न आग्रह गरे ।

एक्स्पो ६ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *