‘जुनियर भोकल स्टार’को प्रि–अडिसन फारम खुल्ला

काठमाडौं, २ असोज । अभियान मल्टिमिडियाले सञ्चालन गर्न लागेको ‘जुनियर भोकल स्टार’को प्रि–अडिसनको फारम खुल्ला भएको छ। उक्त रियालिटी शो को प्रि–अडिसनको फारम बिहीबार (आज)बाट खुल्ला गरिएको आयोजकले जनाएको छ ।

रियालिटी शोमा १५ बर्ष सम्मका बालबालिकाले सहभागीता जनाउन सक्ने छन् । भाग लिन इच्छुकले आफूलाई पायक पर्ने स्थानबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिका लक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेकाले यो शोले बालबालिकाहरुको प्रतिभालाई प्रष्फुटन गर्न सहयोग गर्ने मल्टिमिडियाका संचालक मिनबहादुर अधिकारी जानकारी दिए ।

सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ । प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *