Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नागरिक लगानी कोषद्वारा ‘नागरिक बचत बृद्धि कार्यक्रम’ घोषणा

नागरिक लगानी कोषद्वारा ‘नागरिक बचत बृद्धि कार्यक्रम’ घोषणा

काठमाडौं, २ असोज । नागरिक लगानी कोषले पेन्सन योजनामा रुपान्तर गर्ने प्रावधान सहितको ‘नागरिक बचत बृद्धि कार्यक्रम’ सार्वजनिक गरिएको छ । कोषले बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको घोषणा गरेको हो ।

सर्वसाधरण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समय देखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको हुँदा सर्वसाधरणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरिएको कोषले जनाएको छ । यो कार्यक्रम अन्तर्गत न्यूनतम मासिक ५ सय रुपैयाँदखि क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान रहेको कोषले जानकारी दिएको छ ।

साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको छ । यो योजनामा सहभागी भई २ वर्ष सम्म नियमित बचत गरे पश्चात बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशत सम्म सहभागी सापटी उपलब्ध गराइने छ ।
त्यसैगरी २ वर्ष सम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने छ । यसका अतिरिक्त सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने कोषले जनाएको छ ।

कोषले गत आर्थिक वर्षको २०७५/७६ को अन्त्यसम्ममा कुल १ खर्ब ३१ अर्ब रुपैयाँ बचत गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x