अपि पावर कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं, २ असोज । अपि पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको १५ औं बार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिएको हो । अर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट कर बाहेक ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

उक्त बोनस सेयर वितरण गर्ने प्रताव नेपाल धितोपत्र बोर्डको बिहीबारको निर्णय बमोजिम दर्ता भएको जानकारी दिईएको छ । सो सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकरण पश्चात सेयरधनिहरुको डिम्याट खातामा पठाईने कम्पनीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *