जनता बैंकद्वारा लमजुङ फलेनी मा.वि.का विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं, २ असोज । जनता बैंक लिमिटेडले लमजुङको दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका नर्सरी देखि ७ कक्षासम्म पढ्ने विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको हो ।

कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई स्कुल व्यग वितरण गरेका हुन् । विगत बर्षदेखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यबस्था गर्नुका साथै शैक्षिक सामाग्रीहरु वितरण गर्दै आएको बैंकले जनाएको छ ।
हाल बैंकले १ सय ४२ शाखा, १ सय १० एटीएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *