Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

नागरिक उड्डयन प्राधिकरणले यस बर्षका लागि करिब ४७ अर्ब बजेट बिनियोजन गरयो, राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा

नागरिक उड्डयन प्राधिकरणले यस बर्षका लागि करिब ४७ अर्ब बजेट बिनियोजन गरयो, राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा

काठमाडौ ३ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्ष २०७५÷७६ का लागि ४६ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित रकममध्ये ४८ प्रतिशत रकम राष्ट्रिय गौरवका आयोजनाको लागि छुट्टाएको छ । प्राधिकरणले आयोजनाका लागि लागि २२ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थ र निजगढ बिमानस्थललाई गौरवका आयोजनामा राखेको छ ।

प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धिका लागि ६ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार ३ अर्ब ९८ करोड ८८ लाख, इलेट्रोनिकल मेकानिकल विभागका लागि १ अर्ब र आन्तरिक विमानस्थल हेर्ने कार्यका लागि ३ अर्ब १६ करोड रुपैयाँ विनियोजित छ ।

त्यस्तै, प्राधिकरणले चालु आवमा ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । प्राधिरकरणले ५ अर्ब ८३ करोड (अर्थात् ७० प्रतिशत आम्दानी) रुपैयाँ एरोनोटिकलबाट हुने अनुमान गरेको छ । २ अर्ब ४९ करोड अर्थात् ३० प्रतिशत आम्दानी (ननएरोनोटिकलबाट) बाट हुने प्रक्षेपण गरेको छ । विमानस्थल विकास शुल्कबापत भने २ अर्ब २१ करोड २८ लाख रुपैयाँ संकलन गरिने प्राधिकरणले अनुमान गरेको छ ।

गत आव ०७५÷७६ मा प्राधिकरणले अनुमान गरेभन्दा २० प्रतिशतले आम्दानी वृद्धि भएको छ । प्राधिकरणले ५ अर्ब ९६ करोड ८३ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेकामा ७ अर्ब १५ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणकाको तथ्यांकले देखाएको छ । प्रक्षेपण गरेको आम्दानीभन्दा १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ बढी आम्दानी भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x