बैंकहरुमा निक्षेप घट्न थाल्यो, कर्जा योग्य रकमको अभाव

काठमाडौ ३ असोज । बैक तथा वित्तीय संस्थाहरुमा निक्षेप घट्न थालेको छ । निक्षेप संकलन घट्न थालेपछि बैकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
गत असारमसान्तसम्ममा बैकहरुमा २७ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । गत महिनासम्ममा १३ अर्ब रुपैयाँले घटेर २७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो तीन महिनामा कर्जा भने ५२ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेप रकम घटेपछि बैकहरुमा कर्जा रकम अभाव हुन थालेको छ । फलस्वरुप बैकहरुले राष्ट्र बैकको नियमअनुसार राख्नुपर्ने तरलता मौज्दातलाई पनि कर्जाका लागि प्रयोग गर्न थालेका छन् । तरलता अनुपात कायम गर्न अन्तरबैक सापटी र केन्द्रिय बैकले जारी गरेको रिपो खरिद गर्न थालेका छन् ।
बैकहरुले १२ अर्ब रिपो किने
राष्ट्र बैंकले बिहीबार जारी गरेको रिपोमध्ये बैकहरुले १२ अर्ब मात्रै खरिद गरेका छन् । केन्द्रिय बैकले तरलता समस्या समाधान गर्न २० अर्ब रकम दिन बिक्रीमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *