Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सुदूरपश्चिमको चार नाकाबाट आयातको चार प्रतिशत मात्रै बस्तु निर्यात

कैलाली, ३ असोज । सुदूरपश्चिम प्रदेशको भारतसँग जोडिएका चारवटा नाकाको तथ्यांक हेर्दा व्यापार घाटाको अवस्था डरलाग्दो छ । कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार गत वर्ष आयातको चार प्रतिशत मात्रै निर्यात भएको छ । चारवटै भन्सार कार्यालयबाट २३ अर्ब ४८ करोडको आयात भएकोमा निर्यात ९३ करोड मात्रै छ । सुदूरपश्चिमका बैतडी र दार्चुलाका नाकाबाट त निर्यात शून्य छ ।

प्रदेशको सबैभन्दा ठूलो नाका कैलालीका त्रीनगरबाट २१ अर्ब ७८ करोडको आयात भएकोमा ८३ करोडको मात्रै निर्यात भएको छ । सुदूरपश्चिमको भारतसँग जोडिएको अर्को मुख्य नाका गड्डाचौकीबाट एक अर्ब १५ करोडको आयात गरिएकोमा १० करोड ६० लाखको मात्रै निर्यात भएको छ । बैतडीको जुलाघाट नाकाबाट ५५ करोडको आयात गरिएकोमा निर्यात भने शून्य छ । दार्चुला भन्सार कार्यालयबाट ७१ लाखको सामान आयात भएकोमा २२ लाखको निर्यात गरिएको छ । कैलाली नाकाबाट आयात भएको सामानमध्ये ४९ प्रतिशत योगदान पेट्रोलियम पदार्थको मात्रै छ भने त्यसपछि बिस्कुट, दालमोठ, नमकिन, कागज ट्याक्टर, टायर र खाद्यान्न बढी आयात भएको कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले बताए ।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष पुस्कर ओझाले हरेक बर्ष ब्यापार घाटा बढ्दै जानु प्रदेशका लागि यो चिन्ताको विषय भएको बताए । उनले नेपालबाट भारत जाने सामान भनेको कत्था, टर्पेन्टायल तेल, पिना र रोजिनमात्रै हो । ओझाले कृषिजन्य पदार्थको उत्पादन मात्रै बढाउन सके व्यापार घाटा कम हुन सक्ने दावी गरे । सुदूरपश्चिम प्रदेश कुखुरा र अण्डामा आत्म निर्भर भएपनि कुखुराका लागी दाना बनाउँन चाहिने कचा पदार्थका लागी भारतको मुख ताक्नु पर्ने बाध्यता रहेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले केहि बर्ष पहिले सुदूरपश्चिममा उत्पादन भएका वस्तु भारत लगायत तेस्रो मुलुकमा जाने गरेपनि अहिले त्यसको ठिक उल्टो भएको सृकार गरे । उनले यस प्रदेश बाट आयत लाई घटाई निर्यात बढाउँनका लागी कृषि उत्पादन लाई बृद्धि गरी प्राकृतिक स्रोतको अधिकतम सदुपयोग गनुपर्ने धारणा राखे । मन्त्री बोहराले प्रदेश सरकार गठन भएको पहिलो बर्ष कानुन निर्माणमा वितेपनि आगामी दिनमा यस प्रदेशमा औद्योगिक विकासको वातारण सृजन गर्ने तर्फ केन्द्रित हुने बताए । भारतसँग मात्रै होइन चीनसँग पनि सीमाना जोडिएको र जडीबुटी सहितका बहुमूल्य बस्तुको निर्यात गरी व्यापार घाटा कम गर्न सकिन्छ । त्यसका साथै प्रदेशमा लगानीको वातावरण बनाउन आवश्यक छ । जसका लागी प्रदेश सरकारले लगानीमैत्री कानुन बनाउँन आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x