Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

दशैंका लागि नयाँ नोट : असोज १० देखि १७ गते सम्म अधिकतम १८ हजार ५ सय सम्म साट्न सकिने

दशैंका लागि नयाँ नोट : असोज १० देखि १७ गते सम्म अधिकतम १८ हजार ५ सय सम्म साट्न सकिने

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले यही असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिलो नोट सटही गर्ने भएको छ । दशैंलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गरेको हो ।

सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय रुपैयाँका एक–एक प्याकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५ सयको नयाँ तथा सफा नोट सटही सुविधा उपलब्ध गरेको जनाएको छ। गत वर्षको दशैंको तुलनामा प्रतिव्यक्ति अधिकतम नोट सटही सुविधा घटाइएको छ । गत वर्ष सबै दरका नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साट्ने सुविधा दिएको थियो ।

सटही सुविधा राष्ट्र बैंकको क्षेत्रीय कार्यालय सहित नेपाल बैंकको काठमाडौंको न्यूरोड, किर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुरको शाखा कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा र कृषि विकास बैंकको गौशला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकबाट सुविधा लिन सकिने छ ।

यसबाहेक सर्वसाधारणले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट समेत सो अवधिमा नयाँ नोट साट्न सकिने राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । यो पटक तोकिएको अवधिमा १२ अर्ब रूपैयाँ भन्दा बढीको सटही हुनसक्ने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x