Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राईज बैंकद्वारा बार्षिकोत्सवको अवसरमा बृक्षारोपण

सन्राईज बैंकद्वारा बार्षिकोत्सवको अवसरमा बृक्षारोपण

काठमाडौं, ४ असोज । सन्राईज बैंकले बुढानिलकण्ठ स्थित स्कोन मन्दिर परिसरमा बृक्षारोपण गरेको छ । १२ औं बार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो क्षेत्रमा बृक्षारोपण गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगड र सदस्य ई.बच्छलाल तातेडले संयुक्तरुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष दुगडले बृक्षारोपणबाट फल पनि प्राप्त हुने र पर्यावरणको संरक्षणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

साथै कार्यक्रममा बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले बार्षिकोत्सवको अवसरमा १२ वटा छुट्टा–छुट्टै कार्यक्रम गरिने पनि जानकारी दिइन । यसअधि बैंकले केन्द्रिय कार्यालय सहित विभिन्न शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x