Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट काउन्टरमा यात्रुको भिड

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला, टिकट काउन्टरमा यात्रुको भिड

काठमाडौं, ५ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुका लागि आज देखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर क्षेत्रका टिकट काउन्टरमा यात्रुहरुको भिड बढेको छ ।

आजबाट लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ खुला भएपछि टिकट नपाईने डरले यात्रुहरू बिहानै देखि लाइन लागेका छन् । दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किने मध्ये अधिकांशले सार्वजनिक यातायातको प्रयोग गर्ने गर्दछन् ।

काठमाडौंबाट नजिकका जिल्लाहरुको टिकट भने केही पछि मात्र खुल्ने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x