नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा रमेश महर्जन चयन
काठमाडौं, ५ असोज । नेपाल श्रीलंका चेम्बर अफ कर्मशको अध्यक्षमा रमेश महर्जन चयन भएका छन् । संघको १३ औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। चेम्बरको विशिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । हाल उनी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष हुन्।
त्यस्तै उपाध्यक्षमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ चयन भएका छन् भने सचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा डा.हरिश जोशी चयन भएका छन्। त्यसैगरी सभाले १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत स्वर्ण परेरालाई विदाई गरिएको थियो । राजदुत परेराले आफ्नो कार्यकालमा नेपाल र श्रीलंकबीच आर्थिक तथा सामासिक सद्भाव कायम गर्न सफल भएको बताइन् । श्रीलंकामा बसेर नेपालको भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने पनि उनले जानकारी दिइन् । त्यसको लागि श्रीलंकाका पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरणा दिने उनको भनाई छ । उनी तीन वर्ष कार्यकाल पुरा गरि स्वदेश फर्कदै छिन् ।