Shangrila

एक हप्तामा सुनको भाउ ११ सय बढ्यो

काठमाडौं, ५ असोज । पछिल्लो एक हप्तामा स्थानीय बजारमा सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ वृद्धि भएको छ । गत भदौ २९ गते प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन साताको पहिलो कारोबार दिन आईतबार (आज) ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन ३ गते शुक्रबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै एक सातामा चाँदीको मूल्यमा पनि २५ रुपैयाँ बृद्धि भएको छ । गत भदौ २९ गते प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *