Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१४ वर्षसम्म पनि व्यवस्थापन भएन सिसडोलको फोहोर

१४ वर्षसम्म पनि व्यवस्थापन भएन सिसडोलको फोहोर

काठमाडौं, ६ असोज । काठमाडौंको फोहोर फाल्न सुरु गरिएको नुवाकोटस्थित सिसडोल १४ वर्ष बित्दा पनि व्यवस्थापन हुन सकेको छैन । उक्त क्षेत्रमा फालिने फोहोर व्यवस्थापनमा कुनै पनि सरकारी निकाय जिम्मेवारी लिन तयार छैनन् । सम्बद्ध सबै सरकारी निकाय अर्कोलाई देखाउँदै आफू जिम्मेवारीबाट पन्छिने गरेका छन् । सरकारले २०६२ सालमा २ वार्षका लागि मात्रै सिसडोलमा फोहोर फाल्ने सम्झौता गरेको थियो ।

संघीय संसद्को विकास तथा प्रविधि समितिमा आइतबार भएको छलफलमा सरोकारवाला निकायले एक–अर्कोलाई दोषारोपण गर्दै जिम्मेवारीबाट पन्छिएका हुन् । उपत्यकाको फोहोर व्यवस्थापनको प्रक्रियामा सहरी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका र लगानी बोर्ड संलग्न छन् । तर, चारवटै निकायले फोहोर व्यवस्थापनको जिम्मेवारी आफ्नो नभएको दाबी गरे ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनका लागि आवश्यक भौतिक संरचना बनाउने जिम्मेवारी मात्रै आफ्नो भएको बताए । ‘सरकारले फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा निर्माणको जिम्मा मात्रै हामीलाई दिएको छ । हाम्रो जिम्मेवारी पूरा गर्दै छौँ,’ उनले भने ।

सहरी विकास मन्त्रालयले असोज १ गतेदेखि नै बन्चरेडाँडामा फोहोर फाल्न मिल्ने गरी पहिलो चरणको निर्माण सम्पन्न गरिसक्ने बताएको थियो । अझै निर्माण सकेको छैन । सरकारले ०६२ सालमा दुई वर्षका लागि सिसडोलमा फोहोर फाल्न सुरु गरेको हो । तर, १४ वर्ष बितिसक्दा पनि सरकारले नयाँ विकल्प तयार पार्न सकेको छैन । क्षमताभन्दा बढी फोहोर थुप्रिएपछि स्थानीयवासीले आन्दोलन गर्दै आएका छन् । तर, फोहोर व्यवस्थापनको जिम्मवारी कसको हो भन्ने विषयमा सरकार आफैँ बेखबर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x