Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचकमा झिनो अंकले सुधार, कारोबार रकममा ५ करोडले कमी

नेप्से परिसूचकमा झिनो अंकले सुधार, कारोबार रकममा ५ करोडले कमी

काठमाडौं, ६ असोज । साताको दोस्रो कारोबार दिन सोमबार (आज) सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । तर, कारोबार रकममा भने हिजोभन्दा ५ करोड रुपैयाँले कमी आएको छ । हिजो २२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर १७ करोड ७२ लाख रुपैयाँमा कारोबार रकम खुम्चिन पुगेको हो ।

आज १ सय ७० कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता सेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । उक्त बैंकको १ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै नेप्सेमा सूचिकृत १२ समूहमध्ये ३ वटा समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ९ समूहको उपसूचकमा वृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा हाईड्रो पावर, फाईनान्स र म्युचियल फण्ड समूह रहेका छन् । यी समूहको क्रमशः ०.०७, ०.०३ र ०.६२ प्रतिशत उपसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x