जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ६ असोज । जनता बैंकले १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैठकको आईतबार बसेको २९१ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ मा प्राप्त गरेको मुनाफा रकमको ६ प्रतिशत सेयर लाभांश र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले गत आवमा १ खर्ब ३१ करोड मुनाफा आर्जन गरेको छ । बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने बाटो खुल्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *