निजगढ बिमानस्थलको जिम्मा जुरिच एयरपोर्टलाई

काठमाडौं, ७ असोज । निजगढ विमानस्थल निर्माणको जिम्मा स्वीजरल्याण्डको जुरिच एयरपोर्टलाई दिईने भएको छ । लगानी बोर्डको सोमबार बसेको बैठकले आवेदन दिएका ७ कम्पनीमध्ये जुरिचसँग थप विवरण माग्ने निर्णय गरेको छ ।

अन्य कम्पनीको तुलनामा जुरिचको प्रस्ताव उत्कृष्ट लागेकाले छनोट गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । उनका अनुसार बोर्डले जुरिचलाई मात्रै सर्टलिस्ट राखेको छ । अब आयोजना निर्माणको विस्तृत योजना माग गरिने अधिकारीले बताए । उसको प्रस्ताव चित्तबुझ्दो भएमा निर्माणको सम्पूर्ण जिम्मेवारी दिइने बोर्डले बताएको छ ।

करिब ३ खर्ब लागत अनुमान गरिएको विमानस्थल निर्माणका लागि बोर्डले कम्तीमा १० वर्षसम्म र वार्षिक १ करोड यात्रुलाई सेवा दिएको विमानस्थल सञ्चालन गरेको प्राविधिक अनुभवको मापदण्ड तोकेको थियो । त्यसका लागि साउथ कोरिया कुन्वा कम्पनी लिमिटेड, जापान क्लब इन्टरनेसनल, म्याट्रिक्स इन्टरप्राइजेज प्रालि, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, जिएमआर ग्रुप र चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनीले प्रस्ताव गरेका थिए ।

स्विट्जरल्यान्डको जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिकालगायतका देशमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *