बाहिरी चक्रपथको जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौं, ७ असोज । बाहिर चक्रपथ परियोजनाको जिम्मा चिनियाँ कम्यूनिकेशन पूर्वाधार कम्पनीलाई दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउन चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको हो ।
उक्त परियोजनाका लागि ४ वटा कम्पनीले प्रस्ताव दिएका थिए । तर, बोर्डले भने उक्त कम्पनीलाई छनोट गरेको हो ।
बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको कामलाई अघि बढाउन एस जेभिन, भारत, जे पावर, जापान र चाईना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिष्ट तय गरेको छ । ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाईने छ ।