Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

२ महिनादेखि मन्त्रालयमा ९ वटा गाडी थन्किए

धनगढी, ७ असोज । सुदूरपश्चिम प्रदेशका प्रहरीहरुलाई चरम गाडीको अभाव भईरहँदा स्वही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ९ वटा गाडी थन्किएका छन् । मन्त्रालयले प्रहरीहरुलाई वितरण गर्न खरिद गरेका गाडी मन्त्रीपरिषद्को बैठकले स्वीकृत नगरिदिँदा दुई महिना देखि थन्कन पुगेका हुन् ।

अहिले प्रहरीले प्रयोग गर्ने गाडी पुराना भएका र नियमित कार्यमा समस्या भइरहेको बेला प्रदेश सरकारले खरिद गरेका गाडी भने वितरणमा ढिलाइ भइरहेको छ । गाडी वितरणका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लागिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गरे लगत्तै सबै जिल्लाका प्रहरी प्रमुखलाई धनगढी बोलाएर गाडी हस्तान्तरण गरिने मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले जानकारी दिए । मन्त्रीपरिषदको निर्णण अनुसार गाडी बितरण गरिने भएकाले केही समय लागेको उनको भनाई छ ।

त्यस्तै प्रहरीका लागि २०७० सालको संविधानसभाको चुनावको बेला नयाँ गाडी खरिद भए र त्यसयता प्रहरीलाई नयाँ गाडी नदिईएको पहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनका अनुसार प्रयोग गर्दै आइरहेको गाडीहरू हाल पुराना भइसकेका र प्रहरीलाई गाडी अत्यन्त आवश्यक रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिदका लागि प्रतिगाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो । गाडी खरिद गर्दा प्रतिगाडी ३६ लाख ९९ हजार रुपैयाँका दरले खर्च भएको मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x