‘सन्राइज फस्र्ट म्युचुअल फण्ड’ सार्वजनिक, भोलीदेखि आवेदन दिन सकिने
काठमाडौं, ७ असोज । सन्राइज बैंकद्वारा स्थापना गरिएको १० वर्षे योजनासहित ‘सन्राइज फस्र्ट म्युचुअल फण्ड’ सार्वजनिक भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि उक्त फण्ड सार्वजनिक भएको घोषण गरिएको हो ।
म्युचुअल फण्डले १० रुपैयाँ अकिंत दरको एक करोड एकाई विक्री गर्ने जनाइएको छ । जसमध्ये १५ प्रतिशत इकाई सन्राइज बैंकका लागि सुरक्षित राखी बाँकी ८५ प्रतिशत इकाई असोज ८ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिने सन्राइज क्यापिटलले जनाएको छ ।
उक्त कोषको व्यवस्थापन सन्राइज क्यापिटलले गर्ने छ भने प्रवद्र्धक सन्राइज बैंक हुने छ । त्यस्तै सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहने जनाईएको छ । यो योजनाको इकाईमा आवेदन दिनका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गतका र मेरो सेयर अनलाईन प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थालहरुले असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।