अपर नौगाड जलविद्युतको परिक्षण सम्पन्न, राष्ट्रिय ग्रिडमा प्रवाह गर्ने
काठमाडौं, ७ असोज । अपि पावर कम्पनीको अपर नौगाड जलविद्युत आयोजनाको सोमबारदेखि सफल परिक्षण भएको छ । परिक्षण प्रसारण पुरा गरिएको उक्त आयोजना असोज १० गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने कम्पनीले जनाएको छ । यो आयोजनाको विद्युत क्षमता ८ मेगाहर्ज रहेको छ ।
२०७३ असोज १२ गते विद्युत खरिद बिक्री सम्झौता भएको यो आयोजनाको कुल लागत १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस आयोजनाले बार्षिक ४.८७ करोड किलोवाट घण्टा विद्युत उत्पादन गर्ने कम्पनीको अनुमान छ । जसमध्ये सुख्खा महिनामा १.१४ करोड र बर्षातका चार महिनाहरुमा ३.७५ करोड घण्टा किलोवाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशन मार्फत राष्ट्रिय ग्रिडमा प्रवाह गरिने छ ।