Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा ६.४२ अंकको गिरावट

नेप्सेमा ६.४२ अंकको गिरावट

काठमाडौं, ७ असोज । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४२ अंकले गिरावट आई ११३४.४६ विन्दुमा रोकिएको छ । हिजो झिनो अंकले सुधार देखिएको नेप्सेमा आज गिरावट आएको हो ।

१ सय ७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता सेयर २१ करोड ८२ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार हुनेमा सानिमा बैंक लिमिटेड रहेको छ । उक्त बैंकको ३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

त्यस्तै आज सबैभन्दा बढी कमाउनेमा खानिखोला हाईड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाईड्रोपावर कम्पनीको प्रतिसेयर मूल्य ८.१६ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा राईराङ हाईड्रोपावर डेभलोप्मेण्ट कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य ७.२७ प्रतिशतले कमी आएको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये ३ वटा समूहको मात्र उपसूचकमा वृद्धि भएको छ भने अन्य ९ वटा समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा ट्रेण्डिङ समूह, होटेल समूह र म्युचियल फण्ड समूह रहेका छन् । उक्त समूहहरुको क्रमशः १.२३ प्रतिशत, ०.७३ प्रतिशत र ०.३६ प्रतिशतले उपसूचमा वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x