Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आर्थिक वर्षको पहिलो महिनामा निर्यात २७.७ प्रतिशतले बढ्यो, आयात घट्यो

आर्थिक वर्षको पहिलो महिनामा निर्यात २७.७ प्रतिशतले बढ्यो, आयात घट्यो

काठमाडौं, ७ असोज । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल बस्तु निर्यातमा २७.७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कले नेपाली बस्तु निर्यातमा वृद्धि भएको देखाएको हो । गत आवको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले मात्र वृद्धि भएको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुृसार सबैभन्दा बढी निर्यात चीनतर्फ बढेको छ । चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने भारतफर्त ५१.८ प्रतिशतले मात्र निर्यात वृद्धि भएको छ । सबैभन्दा बढी निर्यात हुनेमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान र पोलिष्टर यार्न रहेको जारी तथ्याङ्कमा उल्लेख छ । अन्य मुलुको निर्यातमा भने ९.२ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै आवको पहिलो महिनामा बस्तु आयातमा भने कमी आएको छ । समीक्षा अवधीमा ११.५ प्रतिशतले आयात घटेको राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अबधिमा ५४.३ प्रतिशतले आयातमा वृद्धि भएको थियो ।

त्यसैगरी आवको पहिलो महिनामा व्यापार घाटा पनि १३.९ प्रतिशतले घटेर ९७ अर्व ८९ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपाल ८.३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x