Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राजस्व प्रशासनमा स्वच्छता कायम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

राजस्व प्रशासनमा स्वच्छता कायम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

काठमाडौं, ८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थान भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत प्रयाप्त सहकार्य गर्नुपर्ने बताए । विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिन सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।

उनले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत निर्देशन दिए । तोकिएको राजस्व लक्ष्य पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत मन्त्री खतिवडाले निर्देशन दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x