Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर कारोबारमा निराशा, कारोबार रकम १६ करोडमा सीमित

सेयर कारोबारमा निराशा, कारोबार रकम १६ करोडमा सीमित

काठमाडौं, ८ असोज । साताको चौथो कारोबार दिन बुधबार (आज) सेयर कारोबारमा निराशा देखिएको छ । केही हप्तादेखि लगातार जसो ओरालो लाग्दै आएको सेयर बजारमा आज भने कारोबार रकममा नै निराशा छाएको हो । हिजो करिब २२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर १६ करोड ६९ लाख रुपैयाँमा खुम्चिन पुगेको छ ।

आज १ सय ६६ कम्पनीको ७ लाख ७७ हजार ७ सय ३५ कित्ता सेयर खरिद–विक्री भएको छ । नेप्से परिसूचक ३.०३ अंकले गिरावट आई ११३१.५३ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम सेयर कारोबार स्टाण्डर्ड चाटर्ड बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ४६ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार भएको सानिमा बैंक लिमिटेडको पनि ८६ लाख रुपैयाँ भन्दा बढी सेयर कारोबार हुन सकेन ।

आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये २ समूहको मात्र उपसूचकमा वृद्धि भएको छ भने अन्य ९ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा अन्य समूह ०.५ प्रतिशत र माईक्रोफाईनान्स समूह ०.०६ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x