Date

बुध, कार्तिक २८, २०८१
Wed, November 13, 2024

एनआईसी एशिया रेमिटको जापानबाट रेमिट्यान्स सेवा सुरु

एनआईसी एशिया रेमिटको जापानबाट रेमिट्यान्स सेवा सुरु

काठमाडौं, ८ असोज । एनआईसी एशिया बैंकले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । बैंकले ओके रेमिट जापानसँग सहकार्य गरी ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन मिल्ने व्यवस्था गरेको हो ।

यो सम्झौताअनुसार जापानबाट एनआईसी रेमिटमा पैसा पठाउँदा बैंकका मुलुकभर रहेका ३ सय १ शाखा कार्यालय, ७० विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग र करिब ९ हजार बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा आफन्तले तुरुन्त भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ ।

यसका साथै दशैंको अवसरमा जापानमा रहेका नेपालीले असोज महिनाभरी ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्ने व्यवस्था गरिएको जनाईएको छ ।

यसैबीच बैंकले दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगञ्जको पावरहाउस चोकमा सञ्चालनमा ल्याएको छ । बैंकले गत सोमबार सञ्चालनमा ल्याएका शाखाहरु कास्किको पोखरा महानगरपालिका वडा नं १३ स्थित बाझापाटन शाखाकोे उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे भने पर्साको वीरगञ्ज महानगपालिका वडा नं १३ स्थित पावरहाउस चोक शाखाको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरेका हुन् । हाल बैंकका ३ सय ५९ एटीएमहरु सञ्चालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x