Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

यमाहा फ्यान्टास्टिक दशैं तिहार मेला कात्तिक २५ गतेसम्म, हरेक दिन उपहार पाइँने

यमाहा फ्यान्टास्टिक दशैं तिहार मेला कात्तिक २५ गतेसम्म, हरेक दिन उपहार पाइँने

काठमाडौं, ८ असोज । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यमाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।

चाडपर्वका समयमा धेरैले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
सप एण्ड वीन उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।

बम्पर उपहारमा गोलाप्रथाबाट एक एक एक जनाले यमाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्ने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

यो अफर अन्तर्गत ग्राहकले दैनिक रुपमा १ हजार रुपैयाँको सपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजिको एलईडी टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि ग्यास एण्ड इलेक्ट्रिक हिटर, सिजि इलेक्ट्रिक ओभन तथा साउण्ड बार उपहारको रुपमा पाउन सक्छन् ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक २५ गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x