सन्राईज बैंक धनगढी शाखाद्वारा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन

धनगढी, ८ असोज । सनराईज बैंक धनगढी शाखाले १२ औं वार्षिकोत्सव निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरि मनाएको छ । धनगढी शाखाले बुधबार करिव एक सय जनाको सुगर र स्वास्थ्य परिक्षण गरि वार्षिकोत्सव मनाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले सुगर र प्रेसर परिक्षण गराउँदै उक्त शिविरको उद्घाटन गरेका हुन् ।

धनगढी शाखाका प्रमुख धर्मराज बिष्टले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा रहेका बैंकका सबै शाखाहरुले बिबिध कार्यक्रम आयोजना गरिरहेको बताए ।
सनराईज बैंक सुख्खड शाखाले डेंगु रोग परीक्षण, महेन्द्रनगरले रक्तदान कार्यक्रम, डडेल्धुरा शाखाले बृक्षारोपण कार्यक्रम, कैलालीको चुरे शाखाले छात्रबृति कार्यक्रम आयोजना गरेको सनराईज बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले बताए ।

त्यस्तै सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकका लम्की र टीकापुर शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने बताईएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *