Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

दशैंको मुखको मूल्य वृद्धिले उपभोक्ता मारमा, सबैभन्दा बढी खाद्य र पेय पदार्थको मूल्य बढ्यो

दशैंको मुखको मूल्य वृद्धिले उपभोक्ता मारमा, सबैभन्दा बढी खाद्य र पेय पदार्थको मूल्य बढ्यो

काठमाडौं, ८ असोज । दशैं नजिकिँदै जाँदा मूल्य वृद्धि उच्च हुँदै गएको छ । सरकारले कर प्रणालीलाई व्यवस्थापन गर्न अपनाएको भेहिकल ट्रयाकिङ सिस्टमले मूल्य वृद्धिमा प्रभाव पारेको विज्ञहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थको मुल्य उच्च भएको छ । चालु आ.व.को पहिलो महिनामा खाद्य तथा पेय पदार्थको मुल्य ८.०२ प्रतिशतले वृद्धि भएको हो । गत आ.व.२०७५÷७६ को सोही अवधिमा मूल्य वृद्धि २.९२ प्रतिशत मात्र थियो । सोही आ.व.को असार महिनामा मूल्य वृद्धि ६.०२ प्रतिशत रहेको थियो । तर, चालु आ.व.मा मूल्य वृद्धि उच्च भएको हो ।

अर्थविद् केशव आचार्यका अनुसार यो वर्ष सरकारले ढुवानी सेवामा लगाएको कर प्रणालीले मूल्य वृद्धिमा प्रभाव पारेको हो । भारतबाट नेपाल आउने सामग्रीमा सरकारले उच्च कर लागएकोले त्यसको प्रत्यक्ष प्रभाव मूल्य वृद्धिमा देखिएको उनको भनाई छ । त्यस्तै अघिल्लो वर्षभन्दा अहिले मूल्य वृद्धि उच्च हुनमा जताततै सिण्डिकेट हावी हुनुलाई पनि उनी लिन्छन् । अहिले राजनीति, यातायात, शिक्षा, स्वास्थ्य, सेवालागायतका क्षेत्रमा सिण्डिकेट उच्च रुपमा मौलाउँदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको आचार्यको बुझाई छ ।

सबैभन्दा उच्च मूल्य बृद्धि हुनेमा तरकारी, फलफूल, मसला र मासु तथा माछा रहेका छन् । मासु तथा माछाको मूल्य वृद्धि हुनुमा सरकारले आयातित मासुजन्य जीव जन्तुलाई परिक्षण गरेर मात्र स्वदेश भित्र्याउने प्रणालीलाई लिइएको छ । त्यस्तै सरकारले चोरी पैठारीलाई नियन्त्रण गरेकोले मूल्य वृद्धि भएको आकलनसमेत गरिएको छ । समग्र मूल्य वृद्धि ६.९५ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x