Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दर्ता भएर संचालन नभएका उद्योगलाई नविकरण गर्न तीन महिनाको मौका

दर्ता भएर संचालन नभएका उद्योगलाई नविकरण गर्न तीन महिनाको मौका

काठमाडौं, ९ असोज । उद्योगहरुलाई नविकरणको लागि पुन : तीन महिनाको मौका पाउने भएका छन् । उद्योग विभागमा दर्ता भएर संचालनमा आउन नसकेका उद्योगलाई नवीकरणको मौका दिएको हो । हालै संघीय संसदबाट पारित नयाँ ‘औद्योगिक व्यसाय ऐन २०७६’ले दर्ता भई संचालन आउँन नसकेका उद्योगलाई नवीकरणको मौका दिने व्यवस्था गरेको हो । ‘ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानुनबमोजिम उद्योग दर्ता भई उद्योगको संचालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्न नसकेर म्याद गुजारेका उद्योगले यो ऐन प्रारम्भ भएको तीन महिनाभित्र म्याद थपका लागि उद्योग दर्ता गर्ने निकायसमक्ष निवेदन दिन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

हालको व्यवस्था अनुसार उद्योगले दर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसारको अवधिभित्र उद्योग संचालन गर्न नसकेको कारण खुलाएर समयावधि थप्ने व्यवस्था छ। थपिएको समयमा पनि उद्योग संचालन गर्न नसके खारेज हुने व्यवस्था थियो । तर, तीन वर्षअघि ल्याइएको ‘औद्योगिक व्यवसाय ऐन २०७३’ ले दर्ता खारेजी भएका तथा हुन थालेका उद्योगीलाई मौका दिएको थियो ।

खारेजमा परेका उद्योग नवीकरणका लागि ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बिलम्ब शुल्क भुक्तानी गर्नुपर्नेछ । नवीकरणका लागि लघुउद्यमको हकमा प्रतिवर्ष ५ हजार रुपैयाँ, घरेलु तथा साना उद्योगको हकमा प्रतिवर्ष १५ हजार रुपैयाँ, मझौला उद्योगका लागि प्रतिवर्ष ५० हजार रुपैयाँ र ठूला उद्योगका लागि प्रतिवर्ष १ लाख ५० हजार रुपैयाँ बिलम्ब शुल्क तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x