Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कृषि विकास बैक लुट घटना : भारतमा बनेको थियो बैकको ५ अर्ब लुट्ने योजना

कृषि विकास बैक लुट घटना : भारतमा बनेको थियो बैकको ५ अर्ब लुट्ने योजना

काठमाडौं, ९ असोज । आईतबार भएको कृषि विकास बैंकको रकम लुटको योजना भारतमा बनेको तथ्य फेला परेको छ । भारतमा बसेर बैंकको ५ अर्ब रुपैयाँ लुट्ने योजना बनेता पनि लुटेराले बैकबाट ४ करोड ७३ लाख रुपैयाँ लुटेको तथ्य फेला परेको छ ।

लुटेराले बैंकको सिराहा स्थित लाहान शाखाको कम्युटर ह्याक गरी बैककै कर्मचारीको युजरनेम र पासवर्ड चोरी प्रयोग गरेर रकम लुटिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भारतमा बस्ने काले भन्ने व्यक्ति यो घटनाका मूख्य योजनाकार हुन् ।

बैंक लुटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा मनि चेञ्जर कम्पनीमा भएको शंकास्पद कारोबारको आधारमा कृषि विकास बैंक लुटिएको पत्ता लगाएको हो ।
प्रहरीले मेघाङ–४ नुवाकोटका लवाङ तामाङ (४३), नौकुण्ड–५ रसुवाका लक्ष्मी लामा तामाङ (४०), तारकेश्वर– २ काभ्रेस्थली काठमाडौका सञ्जय घले (२६)ं, नौकुण्ड–५ रसुवाका निर्मला तामाङ (२०), नौकुण्ड–५ रसुवाका नीमा तामाङ (१८), हरिवन–२ सर्लाहीका पुष्पराज खड्का (४२), दोर्दी–३ लमजुङका विद्यासागर लामिछाने (२३), भानु–९ तनहुँका श्रवणकुमार श्रेष्ठ, ठिमी–४ भक्तपुरका सुनिता श्रेष्ठ (३२), कलकत्ता भारतका शुबन्कर पञ्जा (३०), भजनी–३ कैलालीका विजय शाह (२२), भजनी–१ कैलालीका चन्द्रबहादुर बुढा (४५) लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिका साथबाट ६० लाख रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा जम्मा भएको छ । भारतमा बसेर लुटको योजना बनाउने व्यक्तिलाई हुण्डीमार्फत् रकम पठाएको भेटेपछि प्रहरीले उक्त हुण्डीका सञ्चालकलाई पनि पक्राउ गरिसकेको छ ।

प्रहरीले लुटेराहरुको उल्टो पिरामिड शैलीको संरचना भएको बताएको छ । भारतमा बसेर नेपालमा विभिन्न लेयरका एजेन्ट खडा गरेर बैंक लुटिएको प्रहरीले जनाएको छ । लुटेराहरुलाई प्रहरीले बुधबार सार्वजानिक गरेको छ । लुटेरा सार्वजानिक गर्ने पक्रकार सम्मेलनमा बैंककमा उच्च अधिकारीहरु पनि उपस्थित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x