Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनआईसी एशिया बैंकद्वारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बीमा सुविधा अन्तर्गतको रकम भुक्तानी

काठमाडौं, ९ असोज । एनआईसी एशिया बैंकले बचत खाता योजनाअन्तर्गत सञ्चालन गरेको बैंकिङ्ग बीमा सुविधाको रकम दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम समुन्नती बचत खाता’ अन्तर्गतका खातावाहक देउ प्रसाद गुरुङको नाममा ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरेको हो । राईको दुर्घटनामा परी असामयिक निधन भएपछि उक्त रकम उनकी श्रीमती रन सुब्बा गुरुङलाई भुक्तानी गरिएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकले मेडिकल बीमावापतको रकम ‘चमत्कारिक नारी बचत खाता’ अन्तर्गत मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैयाँ, तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ, ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रपैयाँ, पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र शंकर थापालाई २८ रुपैयाँ ७ सय ५० रुपैयाँ रकम भुक्तानी गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले क्रमशः भोटाहिटी शाखा,नेपालगंज शाखा, कलंकी शाखा झापा केचनाकवल शाखा र झापा झिलझिले शाखामा खाता खोलेका थिए ।

हाल बैंकले ३ सय १ शाखा कार्यालय, ३ सय ५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x