अल्का अस्पतालले निःशूल्क ल्याव परिक्षण गरेर विश्व मुटु दिवस मनाउने

काठमाडौं, ९ असोज । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसको अवसर पारेर अल्काले असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो ।

लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले उक्त दिन विश्व मुटु दिवस मनाउन लागेका हुन् । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप थापाले बताए ।

उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निःशुल्क शिविरमा विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिनेछ । शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पैसा तिर्नु नपर्ने उनले बताए ।

अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ। साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *