तिलाठी कोइलाडी बस्ति निर्माण गर्न जनता बैंकको १० लाख सहयोग

काठमाडौं, ९ असोज । जनता बैंकले सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्ति निर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गरेको हो ।

सहयोग रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानल प्रा.लि. (न्यूज २४)का महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त बस्ति गत वर्षको कात्तिक २७ गते नै निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त ५२ वटा घर भएको बस्ति निर्माण गर्न कुल ३ करोड रुपैयाँ लागत लागेको थियो भने २ करोड रुपैयाँ विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट जम्मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *