मुक्तिनाथ विकास बैकद्वारा पुस्तकालयलाई आर्थिक सहयोग

काठमाडौं, ९ असोज । मुक्तिनाथ विकास बैकले टरौली सामुदायिक पुस्तकालयलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनको रत्ननगर नगरपालिका वडा नं ५ मा रहेको सामुदायिक पुस्तकालयलाई भवन निमार्णका लागि ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ बैंक पर्सा शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

हालसम्म बैंकले १ सय २० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *