प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मकवानपुर जिल्ला प्रशासन कार्यालयमा

काठमाडौं, ९ असोज । प्रभु बैंकले मकवानपुरको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले गरेका हुन् ।

प्रशासनको काम गर्न आउने सेवाग्राहीहरुले अब विना झण्झट उक्त एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यालयको काम गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम र ३५ वटा एक्स्टेन्सन काउण्टरहरुमार्फत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *