दशैंका लागि देशभर चल्ने सवारीका लागि रुट परमिट खुल्ला

काठमाडौं, १२ असोज । आजदेखि देशभर चल्ने सार्वजनिक सवारी साधनका लागि रुट परमिट खुल्ला गरिएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै आजदेखि रुट परमिट खुल्ला गरेको हो ।

रुट परमिट खुल्ला भएपछि रुटमा तोकेको भन्दा अन्त्र पनि यात्रु बोकेर जान पाउने छन् । गाडीले कुनै एउटा रुटको परमिट लिएको भने हुनु पर्ने छ । यस्तै १० चक्के भन्दा ठूला सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ । १० चक्के र सो भन्दा ठूला ट्रक,ट्र्रेलर सबैलाई चितवनटमै रोक लगाइएको विभागले जनाएको छ । दशैंका लागि हुन सक्ने सवारी चापलाई ध्यानमा राखि यस्तो गरिएको जनाइएकोछ ।

खाद्यान्न, औषधि, खसीबोका बोकेर आएका साधनलाई भने रोकिने छैन । ट्राफिक प्रहरीका अनुसार शनिबार मात्र काठमाडौं उपत्यकाबाट १ लाख १२ हजार यात्रु बाहिरिएका छन् । दशैंका लागि उपत्यकाबाट मात्र ३० लाख बढी यात्रु बाहिरिने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *