सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं, १२ असोज । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको ८ सय ४५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस न्यूनतम १ हजार ४८७.२४ देखि १ हजार ५०७.२८ डलरसम्ममा कारोबार भइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *