नेप्से ११ सय नजिक
काठमाडौं, १२ असोज । साताको पहिलो कारोबार दिन आईतबार (आज) पनि सेयर बजारमा सुधारको संकेत देखिएन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.६६ अंकले घटेर ११२५.१४ विन्दुमा झरेको छ ।
आज १ सय ५६ कम्पनीको ९ लाख २४ हजार १ सय २४ कित्ता सेयर २४ करोड १४ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढी भएको छ । त्यस्तै सबैभन्दा बढी कमाउनेमा अंखुखोला जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् ।
नेप्सेमा सूचिकृत ११ समूहमध्ये २ समूहको मात्र उपसूचकमा वृद्धि भएको छ भने बाँकी ९ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा डेभलप्मेन्ट बैंक र अन्य समूह रहेका छन् । डेभलप्मेन्ट बैंक समूहको उपसूचकमा ०.०९ र अन्य समूहको उपसूचकमा ०.३६ प्रतिशतले वृद्धि भएको हो ।