Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बुधबारदेखि २६ शहरमा फोरजी सेवा

बुधबारदेखि २६ शहरमा फोरजी सेवा

काठमाडौं, १३ असोज । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ शहरमा फोरजी सेवा विस्तार गर्ने भएको छ । टेलिकमको फोरजी सेवा विस्तार योजना अन्तर्गत २६ जिल्लामा बुधबार देखि सेवा विस्तार गर्न लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गरिने छ । मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायतमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै महोत्तरी, रुकुम, बागलुङ, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, कैलाली, कपिलवस्तुका सदरमुकाममा फोरजी सेवा गरिने उनले जानकारी दिए । पहिलो चरणअन्तर्गत यी शहरमा फोरजी सेवा सुरु हुने भएपछि नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने अधिकारीले बताए ।

ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने जनाएको छ । टेलिकमले गत माघ २० गते देशैभर फोरजी विस्तार गर्ने परियोजनाका लागि अन्तिम सम्झौता गरेको थियो । फोरजी विस्तारका लागि १९ अर्ब रुपैयाँ लगानी गर्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x