Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विजीमल अनुगमन गएका टोलीमाथि आक्रणको प्रयास

विजीमल अनुगमन गएका टोलीमाथि आक्रणको प्रयास

काठमाडौ १३ असोज। अनुगमनको लागि गोङ्गबु नयाँ बसपार्क स्थिति बिजी मलमा पुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई व्यापारीहरुले अवरोध पुराएका छन् । चार्डपर्वको समयमा मात्रै अनुगमन गरेर व्यवसायीको रोजी रोटी खोसेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए ।

विजी मलका व्यापारीले चर्को मूल्य असुलेको चाल पाएपछि टोली अनुगमनका लागि पुगको थियो । तर, अनुगमनका टोलीमाथि नै व्यापारीले घेरावन्दी गर्दै अनुगमनमा अवरोध पुराएका हुन् । अनुगमन टोलीमाथि आक्रमणको प्रयास समेत भएके थियो ।

अनुगमनमा बढी मुल्य राखेर वस्तु विक्रि गर्ने व्यवसायीलाई जरिवाना गर्न खोज्दा अवरोध सिर्जना गरेको महानिर्देशक योगेन्द्र गौचनले बताए । ‘बिजी मलमा व्यापारीले बढी मुल्यमा वस्तु विक्रि गरेको पाईएको उनले बताए । केहीमा मुल्यसुची नै नराखेको समेत भेटिएको उनले बताए ।

अनुगमनले टोलीले कैफियत भेटिएको पसललाइ जरिवाना गरेको छ । अवरोध गर्ने व्यापारीलाई कारबाही प्रक्रिया अघि बढाइएको गौंचनले जानकारी दिए । यसअघि काठमाडौंको दरबारमार्ग र न्युरोडको फेन्सी पसलको अनुगमनमा पुगेको टोलीमाथि व्यापारीले अवरोध सिर्जना गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x