Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निरन्तर घटिरहेको सेयर बजारमा लगानीका लागि अर्थमन्त्रीको आह्वान, थप नीतिगत व्यवस्था गर्न तयार रहेको जनाउ (भिडियो सामाग्री)

निरन्तर घटिरहेको सेयर बजारमा लगानीका लागि अर्थमन्त्रीको आह्वान, थप नीतिगत व्यवस्था गर्न तयार रहेको जनाउ (भिडियो सामाग्री)

काठमाडौं, १३ असोज । अर्थमन्त्री डा.युवराज खतिवडाले सेयरमा लगानीका लागि आह्वान गरेका छन् । पुँजी बजारको विकासका लागि सरकारले पुँजीगत लाभकर र भ्याटको समस्या समाधान गरेको र थप नीतिगत व्यवस्था गर्न तयार रहेको जनाउदै उनले लगानीका लागि आह्वान गरेका हुन ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता सेयर बजार क्रमशः ओरालो लागिरहेको छ । सरकारको नीतिगत असहजताका कारण बजारमा गिरावट आएको लागनीकर्ताहरुको आरोप छ ।

तीन वर्षअघि सर्वाधिक उचाई १८८१ को बिन्दुमा रहेको नेप्से परिसूचक अहिले घटेर ११ सय नजिक आइपुगेको छ । यो अवधिमा लगानीकर्ताहरुले धेरै रकम पनि गुमाइसकेका छन् । त्यसबाट निराश बनेका लगानीकर्ताहरुलाई हौस्याउन अर्थमन्त्री खतिवडाले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन ।

https://youtu.be/BKt8qP95coo

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x