लघुवित्त बैंकर्स संघको अध्यक्षमा लम्साल चयन

काठमाडौं, १३ असोज । लघुवित्त बैंकर्स संघको अध्यक्षमा वसन्त लम्साल चयन भएका छन् । आइतबार राजधानीमा सम्पन्न संघको १२ औं अधिवेशनबाट अध्यक्षमा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लम्साल सर्वसम्मत चयन भएका हुन ।

संघ लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था हो । संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, महासचिवमा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव सचिवमा वोमी लघुवित्त वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृत प्रमेश आचार्य र कोषाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा इन्द्र कुमार शाह, पर्वत कुमार कार्की, देबेन्द बहादुर शाह, सरोज घिमिरे, भोजबहादुर बस्याल र नारायण चौधरी चयन भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *