सोमबार सेयर बजार १० अंकले बढ्यो
काठमाडौं, १३ असोज । सोमबार (आज) सेयर बजार बढेर बन्द भएको छ । आज बजार १०.४२ अंकले बढेर ११३५.५६ विन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समूहको उपसूचकमा सुधार आएसँगै समग्रमा नेप्से बढेको हो । अन्य समूहको उपसूचक ६.८२ अंकले घटेको छ ।
कारोबार रकममा भने गिरावट आएको छ । हिजोको तुलनामा झन्डै आठ करोड कम अर्थात १६ करोड ८८ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा पनि सन्राईज बैंकको सबैभन्दा धेरै अर्थात २ करोड १३ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा भने युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । युनियनको सेयर मूल्य ५.८८ प्रतिशतले बढेको छ । धेरै गुमाउनेमा भने माउन्टेन हाइड्रोपावर नेपालका लगानीकर्ताहरु रहेका छन् । सो हाइड्रोपावरको सेयर मूल्यमा ३.७० प्रतिशतले घटेको छ।