राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाद्वारा शुभकामना आदान प्रदान

काठमाडौं, १३ असोज । राष्ट्रिय वाणिज्य बैंकको बौद्ध शाखा कार्यालयले विजया दशमी, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । बैंकको बौद्ध शाखा कार्यालय परिसरमा सोमबार उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनीधिसभाका सांसद कृष्ण राईले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन बैंकहरुले सरल रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए ।
हाल बैंकले २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *