Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चाडपर्वमुखी अनुगमनले बजारमा प्रभाव परेको चेम्बरको निष्कर्ष

चाडपर्वमुखी अनुगमनले बजारमा प्रभाव परेको चेम्बरको निष्कर्ष

काठमाडौं, १३ असोज । नेपाल चेम्वर अफ कमर्सले सरकारको चाडपर्वमुखी बजार अनुगमन र आयातित वस्तुहरुमा कारोबार मूल्यलाई मान्यता नदिइएकोले आपूर्ति व्यवस्थापनमा जटिलता पैदा भएको जनाएको छ । अरु समयमा अनुगमन नगरिने तर चाडपर्वमा मात्र गरिने यस्ता अनुगमनले बजारमा प्रभाव पारेको चेम्वरले जनाएको छ ।

चेम्बरले प्रेस विज्ञप्ति जारी गर्दै अनुगमन गर्ने कार्य नियमित हुनु पर्ने आवश्यकता रहेको जनाएको छ । त्यस्तै बजेट वक्तब्य मार्फत ल्याइएको अनिवार्य प्यान लगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्तिमा कमी हुन गई मूल्य वृद्धि हुन गएको चेम्वरको निष्कर्ष छ ।

उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुदा दशैंमा त्यसको मार आम उपभोक्ताले खेप्नु परेको छ ।

त्यस्तै बजार अनुगमन कार्य एकद्वार प्रणालीबाट मात्र हुनु पर्ने चेम्वरको माग छ । हालको मूल्य वृद्धि आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले भएको र त्यसलाई व्यवस्थापन गर्न कारोबार मुल्यलाई मान्यता दिनु पर्ने चेम्बरको सुझाब छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x