लक्ष्मी बैंकका ११४ औं र ११५औं शाखा विस्तार

काठमाडौं, १३ असोज । लक्ष्मी बैंकले दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले मोरङ्गको रँगेलीमारमा ११४ औं शाखा र काठमाडौंको कपनमा ११५ औं शाखा कार्यालय विस्तार गरेको हो । यी शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमा वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाईएको छ ।

हाल यी शाखासमेत गरी बैंकका १ सय १५ शाखा कार्यालय पुगेका छन् । त्यस्तै बैंकले २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटीएम र ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरुमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *