Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

३ बजेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाइ गरिने

३ बजेपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाइ गरिने

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङको सवारीलाई मध्ये नजर गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनमा आज ३ बजेपछि कडाइ गरिने भएको छ । राष्ट्रपति सिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजेदेखि ५ बजेको बीचमा ओर्लने कार्यक्रम रहेकाले उनको सुरक्षाको लागि ट्राफिक व्यवस्थापनमा कडाइ गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सबैभन्दा बढी त्रिभुवन विमानस्थल–तिनकुने–नयाँ वानेश्वर–माइतिघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–सोल्टीमोड सडकखण्ड प्रभावित हुने महाशाखाले जनाएको छ । उनी यी सडकखण्डबाट होटेल सोल्टीमा जाने छन् भने त्यस पश्चात राष्ट्रपति भवन शितलनिवास जाने कार्यक्रम रहेको जनाईएको छ ।

आवश्यकता अनुसार सवारी साधनलाई विभिन्न रुटबाट गन्तब्यमा पुर्याउने योजना बनाएको ट्राफिक महाशाखाले जनाएको छ । त्यस्तै सिको सवारीमा तोकिएका कर्मचारी र विद्यार्थी बाहेक अरु सर्वसाधारणले सडक किनारामा उभिएर हेर्न नपाउने भएका छन् । तर, सर्वसाधारणका लागि हेर्नको लागि निश्चित क्षेत्र तोकिएको महानगरीय प्रहरी परिषरले जानकारी दिएको छ । सिको नेपाल बसाइ आज र भोली हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x